Section 3
प्रज्ञा प्रतिष्ठानको स्थापना
: (१) सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन एवं सर्वाङ्गीण विकास गर्ने काम समेतको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नामको एक प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको छ ।
(२) प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्रज्ञा प्रतिष्ठानले आवश्यकता अनुसार नेपालको विभिन्न स्थानहरुमा शाखा खोल्न सक्नेछ ।